फाल्गुण ९, काठमाण्डौ । ब्रुनाइमा भेटिएको सानो चिप्लेकिराको नयाँ प्रजातिलाई वातावरण अभियन्ता ग्रेटा टुन्वर्गको नाम दिइएको छ । हालै फेला परेको यो प्रजातिको चिप्लेकिरालाई ‘क्रेस्पेडोट्रोपिस ग्रेटाटुन्वर्गा’ नामाकरण गरिएको हो। चिप्लेकिराको यो प्रजाति २ मिलिमिटर लामो मात्र हुने गर्छ ।
आफ्नो पुस्ताले सिर्जना नगरेको समस्या समाधान गर्न १७ वर्षीया टुन्वर्गले लिएको जिम्मेवारीका लागि यो सम्मान गरिएको वैज्ञानिकहरुले बताएका छैनन् । चिप्लेकिरालाई आफ्नो नाम दिइएकोमा टुन्वर्गले खुसी व्यक्त गरेकी छन् ।