चीनमा कोरोना महामारी : २ हजार ३४८ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन १०, शनिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

फाल्गुण १०, काठमाण्डौ । चीनमा फैलिएको कोरोना महामारीको प्रकोपका कारण शनिवारसम्म २ हजार ३४८ जनाको मृत्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार कोरोना भाइरसको विभिन्न प्रान्तमा फैलिएको प्रकोपका कारण शनिवार विहानसम्म २ हजार ३४८ जनाको मृत्यु भएको छ भने ७६ हजार ३०० जनामा संक्रमण देखिएको छ ।

स्वास्थ्य आयोगलाई उद्धृत गर्दै समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेअनुसार शुक्रवार १०९ जनाको मृत्यु भएको छ भने ३९७ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । शुक्रवार मृत्यु भएकामध्ये हुपेई प्रान्तका मात्रै १०६ जना थिए । चीनमा भाइरसको संक्रमण दर घटेपनि अझै ५ हजारभन्दा बढीमा भाइरसको संक्रमण रहेको हुनसक्ने बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस