फाल्गुण ११, काठमाण्डौ । टर्कीको दक्षिणपूर्वी क्षेत्रमा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प जाँदा सातजनाको मृत्यु भएको छ । पाँचजना घाइते छन् ।
इरानसँग जोडिएको सीमाक्षेत्रमा भूकम्पको धक्का महशुस भएको हो । आइतबारको यस घटनापछि गृहमन्त्रीले भूकम्प प्रभावित क्षेत्रमा उद्धारकर्मी पठाइएको जनाएका छन् । भूकम्पबाट भौतिक संरचना भत्किनुका साथै केही हताहत भएको बताइएको छ ।