फाल्गुण १३, काठमाडौं । भारतको नयाँदिल्लीमा भएको हिंसात्मक घटनामा कम्तीमा ५ जनाको मृत्यु भएको छ । घटनामा १०५ जना घाइते भइसकेका छन् । गत आइतबारदेखि जारी नागरिकता संशोधन कानुन सीएएको मुद्दामा हिंसा भड्किएको हो । उत्तर–पूर्वी दिल्लीमा लगातार तेस्रो दिन पनि हिंसा भड्किँदा ठूलो क्षति भएको हो ।
हिंश्रक आन्दोलनकारीले मौजपुर र ब्रम्हापुरी क्षेत्रमा ढुंगामुढा गरेका छन् । एउटा अग्नि नियन्त्रणमाथि आगो समेत लगाएका छन् ।