फाल्गुण १३, काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच तीन अर्ब अमेरिकी डलर बराबरको रक्षा सम्झौता भएको बताएका छन् । दुई देशका प्रतिनिधिबीच भएको वार्तापछि भएको संयुक्त प्रेस कन्फरेन्समा राष्ट्रपति ट्रम्पले यसको जानकारी दिएका हुन् ।
ट्रम्पले दुवै देशका नेताबीच आफ्नो नागरिकलाई कट्टर इस्लामी आतंकवादु बाट बचाउन प्रतिबद्ध भएको र अमेरिकाले यसका लागि थप काम गरिरहेको बताए । उनले यस विषयमा पाकिस्तानसँग पनि कुरा भइरहेको बताए ।