दिल्ली हिंसामा मृतकको संख्या २० पुग्यो, सेना परिचालन गर्न केजरीवालको माग

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन १४, बुधबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फाल्गुण १४, काठमाण्डौ । भारतको उत्तर पूर्वी दिल्लीमा जारी हिंसाका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ । समाचार एजेंसी एएनआईका अनुसार गुरु तेगबहादुर अस्पतालका प्रबन्ध निर्देशक सुनीलकुमार गौतमले अहिलेसम्म २० जनाको मृत्यु भएको र १८९ जना घाइते भएको जानकारी दिएका छन् ।

उनले अस्पतालमा आउने घाइतेहरुमध्ये कुनैको टाउँकोमा चोट लागेको, कुनैलाई गोली लागेको र कुनैलाई चक्कु प्रहार गरेको आफूले देखेको बताए । तीन दिनदेखि दिल्लीको उत्तर पूर्वी इलाकामा नागरिकता कानुनविरुद्ध भएको आन्दोलनमा हिंसा भड्किएको हो । यसैबीच, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाले हिंसा नियन्त्रण बाहिर गएको भन्दै सेना परिचालन गर्न माग गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस