फाल्गुण १९, काठमाण्डौ । चीनबाट फैलिएको नोभेल कोरोना कोभिड–१९ भाइरसबाट तीन हजारभन्दा बढीको मृत्यु भइसकेको छ । गत डिसेम्बरमा चीनको बुहान क्षेत्रबाट सुरु भएको कोरोनाबाट सोमबार विहानसम्म तीन हजार ५३ जनाको मृत्यु भएको समाचार एजेन्सीहरूले जनाएका छन् । चीनमामात्रै दुई हजार ९१२ जनाको मृत्यु भएको छ भने,। चीन बाहिर इरानमा ५४, इटलीमा ४१, दक्षिण कोरियामा २२ र डायमण्ड प्रिन्सेसमा ७ जनाको मृत्यु भएको छ ।
यस्तै, फ्रान्स, अमेरिका र हङकङमा दुई दुई जनाले ज्यान गुमाएका छन् । थाईल्याण्ड, ताइवान, अष्ट्रेलिया, सान मारिनो र फिलीपिन्समा एक÷एक जनाको मृत्यु भएको छ । ८९ हजारमा कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये ४५ हजार भन्दा बढीले स्वास्थ्य लाभ गरिसकेका छन् ।