कोरोना भाइरस संक्रमणबाट जोगिन उच्च सतर्कता अपनाउनुपर्छ : सभापति देउवा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन २१, बुधबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फाल्गुण २१, काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस संक्रमणबाट जोगिन उच्च सतर्कता अपनाउनुपर्ने बताएका छन् । उनले सकभर हात नमिलाउन पनि आग्रह गरे । धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा देउवाले भने, ‘कोरोनाभाइरस नेपालमा पनि आउन सक्ने संभावना छ ।

यो डरलाग्दो, खतरनाक रोग रहेछ । भरसक हात नमिलाउने । बरू नमस्ते गर्ने, हामी त जय नेपाल गर्छौं ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरे । प्रधानमन्त्री केपी शर्मा ओलीको आज त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण भइरहेको छ । देउवाले प्रजातन्त्र विरोधी काम भए विरोध गर्ने बताए। स्थानीय तहमा भ्रष्टाचार बढेको उनले आरोप लगाए । उनले एमसिसी जस्ताको त्यस्तै पारित गर्नुपर्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस