इरानी विदेशमन्त्रीका सल्लाहकारको कोरोना भाइरसबाट निधन

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन २३, शुक्रबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

फागुन २३,काठमाडौँ । इरानी विदेशमन्त्रीका सल्लाहकार शोसेन शेखोसलमको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमकै कारण उनको निधन भएको इराना न्युज एजेन्सीले जनाएको छ । उनी विदेशमन्त्री मोहम्मद जावद जरीफका सल्लाहकार थिए ।

इरानमा ३ हजार ५ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ, भने १ सय ७ जनाको मृत्यु भइसकेको छ । जसमा ६ जना राजनीतिज्ञ रहेका छन् ।
सिरियाका राजदुतसमेत रहेका शेखोसलमले उपविदेशमन्त्रीको भुमिका समेत निभाएका थिए ।

इरानको गिलान प्रान्तमा कोरोनाबाट सबैभन्दा बढी संक्रमित भेटिएका छन् । इरानका ३१ प्रान्तमा संक्रमण फैलिएको छ । त्यहाँका स्कुलहरु बन्द गरिएका छन् भने कार्य घण्टा पनि घटाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस