तालिवानी आक्रमणमा परी सात सर्वसाधारण मारिए

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन २४, शनिबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

फाल्गुण २४, काठमाण्डौ । तालिवान लडाकूहरुले गरेको आक्रमणमा परी शुक्रबार सातजनाको मृत्यु भएको छ । हेरात प्रान्तको कुशक रुबत साङ्गी जिल्लामा घटना भएको जिल्ला गभर्नर लालमोहम्मद ओमरजाइले शनिबार जानकारी दिए ।

शुक्रबार अबेर आक्रमण भएको बताइएको छ । आक्रमणकारी आक्रमणपछि भागेका थिए । आक्रमणमा परी मृत्यु भएकाहरुमध्ये एकजना शिक्षक पनि रहेको हेरात प्रान्तीय सरकारका प्रवक्ता जिलानी फरहादले सिन्ह्वालाई जानकारी दिए । घटनाका बारेमा तालिवान लडाकुहरुका तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस