चैत्र ६, काठमाण्डौ । विश्व स्वास्थ्य संगठन डब्लूएचओ को स्वास्थ्य आपतकाल कार्यक्रमका कार्यकारी निर्देशक माइकल रायनले अहिले विश्वभर फैलिइरहेको कोरोना कोभिड–१९ लाई चाइनिज भाइरस भनी नामांकरण गर्नु अनुपयुक्त भनेका छन् ।
उनले सन् २००९ मा उत्तर अमेरिकाबाट इन्फ्लुयन्जा शुरु भए पनि त्यसलाई कसैले पनि ‘नर्थ अमेरिका फ्लु’ नभनेको उदाहरण दिएका छन् । उनले विपत्तिसँग जोडिएका यस्ता विषयलाई कुनै जात, क्षेत्र आदिसँग जोड्नु उचित नहुने बताए ।