कोरोनाभाइरस : इटलीमा मृत्यु हुनेको सङ्ख्या सर्वाधिक, चीनभन्दा पनि माथि !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र ७, शुक्रबार (५ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

चैत्र ७, काठमाण्डौ । इटलीमा कोरोनाभाइसका कारण एकै दिनमा ४२७ जनाको ज्यान गएपछि त्यहाँ कोभिड १९ रोगका कारण मृत्यु हुने बिरामीहरूको सङ्ख्या अन्य देशहरूको तुलनामा सबैभन्दा बढी पुगेको देखिएको छ । इटलीमा मृत्यु हुनेको सङ्ख्या ३,४०५ पुगेको अधिकारीहरूले जनाएका छन् ।

त्यो सङ्ख्या गत वर्ष कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको चीनको भन्दा बढी हो । चीनमा अहिलेसम्म ३,२४९ जनाको ज्यान गएको बताइएपछि तथ्याङ्कको विश्वसनीयतामाथि प्रश्नहरू उठी नै रहेका छन् ।

नयाँ निर्देशन
मार्च १२ तारिखदेखि इटलीमा मानिसहरूलाई बाहिर निस्कन लगाइएको प्रतिबन्ध अब मार्चको अन्त्यसम्म नै लागु गरिने भनिएको छ । लगभग पूरै इटलीका मानिसहरूलाई घरभित्रै बस्न आदेश दिइएको छ । तर त्यस्तो कदम चाल्दा पनि सङ्क्रमित हुने र मृत्यु हुनेहरूको सङ्ख्या बढि नै रहेको छ । विश्वभरि २४०,००० भन्दा बढी व्यक्ति भाइरसबाट सङ्क्रमित भइसकेका छन् भने ९,८०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । चीनले बुधवार पहिलो पटक कुनै पनि नयाँ सङ्क्रमण नभेटिएको जनायो। तर बाहिरबाट चीन भित्रिने ३४ जनामा सङ्क्रमण पाइयो । चीनमा सङ्क्रमितहरूको सङ्ख्या ८१,००० रहेको छ, जुन इटलीको ४१,०३५ भन्दा धेरै बढी हो ।बिबिसि

ताजा अपडेट

खोजी गर्नुहोस