चैत्र ९, काठमाण्डौ । भारतको बिहारमा पनि कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ । आइतबार बिहारमा एक जनाको मृत्यु भएको हो भने अर्का एक जनामा संक्रमण देखिएको हिन्दुस्तान टाइम्सले जनाएको छ । कतारबाट फर्किएका ३८ वर्षीय एक व्यक्तिको मृत्यु भएसँगै भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो ।
ती व्यक्तिलाई गत शुक्रबार अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स पटनामा भर्ना गरिएको थियो। उनको मिर्गौलासम्बन्धी समस्या रहेको बताइएको छ । भारतमा आइतबारसम्म ३ सय २४ जना कोरोना भाइरस संक्रमित भएका छन् ।