अमेरिकामा कोरोनाबाट दुई लाखको ज्यान जान सक्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १७, सोमबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

चैत्र १७, काठमाडौं । कोरोना भाइरसकोभिड–१९ ले अमेरिकामा २ लाख अमेरिकीहरुको ज्यान जान सक्ने भन्दै सचेत गराइएको छ । डा। एन्थोनी फाउसीले दुई लाख सम्म अमेरिकीको मृत्यु हुन सक्ने चेतावनी दिएका हुन् । अमेरिकामा संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको छ । आइतबार मात्रै १८ हजार २३३ नयाँ संक्रमित थपिएका छन् । थप २५१ जनाको ज्यान गएको छ । २ हजार ९७० मृत्युको मुखमा पुगेका छन् । अमेरिकामा १ लाख ४१ हजार ८११ जना संक्रमित भएका छन् । २ हजार ४ सय ७१ जनाको ज्यान गएको छ । यो तथ्यांक वल्डोमिटर्सडटइन्फोको हो भने जोन्स हप्किन्स विश्वविद्यालयले मृतकको संख्या २ हजार ४ सय १४ पुगेको जनाएको छ ।

तीव्र रुपले अमेरिकालाई चपेटामा पारेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम से कम ३० अप्रिलसम्म देशभरि सामाजिक दूरी जस्ता कोरोना भाइरस प्रतिबन्ध लगाइएको बताएका छन् ।
आइतबार ट्रम्पले भनेका छन्, ‘मृत्युदरको उच्चतम बिन्दु दुई हप्तामा लाग्ने सम्भावना छ, त्यसकारण हामी हाम्रो दिशानिर्देश विस्तार गर्ने छौं।’ ह्वाइटहाउसमा बोल्दै ट्रम्पले आगामी जुनसम्म कोरोना नियन्त्रणमा आउन अपेक्षा गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस