इटालीमा थामिएन कोरोनाबाट मृत्यु, मृतकको संख्या साढे ११ हजार पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र १८, मंगलबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

चैत्र १८, काठमाण्डौ । इटालीमा कोरोना भाइरस कोभिड १९ को संक्रमणले मृत्यु हुने क्रम अझै मत्थर हुन सकेको छैन। त्यहाँ सामेबार एकै दिन ८१२ जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार योसमेत कोरोना भाइरसका कारण इटालीमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९१ पुगेको छ । यो नेपाली समयअनुसार सोमबार राति १० बजेसम्मको हो ।
यसैगरी त्यहाँ कोरोना भाइरसबाट अहिलेसम्म १ लाख १ हजार ७३९ जना संक्रमित भइसकेका छन् ।

यस्तै स्पेनमा पनि कोरोना संक्रमणका कारण सोमबार एकै दिन ५३७ जनाको मृत्यु भएको छ। योसमेत गरेर स्पेनमा कोरोनाले ७ हजार ३ सय ४० जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्पेनमा अहिलेसम्म कोरोना भाइरसबाट ८५ हजार १ सय ९५ जना संक्रमित भएका छन् । यस्तै विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३६ हजार २ सय ४ पुगेको छ भने ७ लाख ५२ हजार १८९ जना संक्रमित भएका छन् । सँगसँगै १ लाख ५८ हजार ६८८ संक्रमित भने उपचारपछि स्वस्थ भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस