नेपालबाट अमेरिकी नागरिकको उद्धार : राजदूत बेरीले दिए धन्यवाद !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ चैत्र २०, बिहिबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

चैत्र २०, काठमाण्डौ । नेपालबाट अमेरिकी नागरिकको उद्धार गरी स्वदेश फर्काउन राम्रो पहल गरेको भन्दै नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले नेपाललाई धन्यवाद दिएका छन् । नेपालमा रहेका ३०२ अमेरिकी नागरिकलाई मङ्गलबार अमेरिका पठाएलगत्तै उनले नेपाल सरकार लगायत विभिन्न निकायलाई धन्यवाद व्यक्त गरेका हुन् । “अमेरिकी नागरिकलाई फर्कने काममा सहयोग सद्भाव राख्नुहुने तपाईंहरू सबैलाई हाम्रो धेरै धेरै धन्यवाद,” उनले ट्विटर र भिडियो सन्देशमा भनेका छन् । आतिथ्य सत्कारको महìवपूर्ण उदाहरण नेपालले प्रस्तुत गरेको भन्दै उनले परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, नागरिक उड्डयन प्राधिकरण लगायतको सराहना गरे । अलपत्र परेका पर्यटकलाई खाना खुवाउने व्यवसायी, सहयोग गर्ने गाइड समेतको उनले प्रशंसा गरे । नेपाल र अमेरिकाको ७० वर्षे सम्बन्धको यात्रामा यसपटकको सहयोगले सहकार्यको जग झन् बलियो बनाएको अभिव्यक्ति राजदूत बेरीले भिडियो सन्देशमा दिएका छन् । अहिले घर फर्केर गए पनि पर्यटकका रूपमा पुनः नेपाल आउने विश्वास उनले व्यक्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस