सेनाले भन्यो:’फाष्ट ट्र्याक परामर्शदाता छनोट कानूनसम्मत’

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७६ चैत्र २६, बुधबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

चैत्र ,काठमाडौँ । काठमाडौँ–तराईरमधेश द्रुतमार्ग (फाष्ट ट्र्याक) परियोजनाका बारेमा बिभिन्न प्रश्न उठेपछि नेपाली सेनाले सो परियोजनाका बारेमा केही प्राविधिक पक्ष र अहिलेसम्मको कामको उपलब्धिका बारेमा आफ्नो भनाइ पनि २०७६ चैत २३ गते भिडियो कन्फरेन्समार्फत आयोजना गरेको पत्रकार अन्तरक्रियामा सार्वजनिक गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फाष्ट ट्र्याक) परियोजनाको कार्य प्रगति विवरण र वर्तमान अवस्था, भावी योजना, डिजाइन तथा कन्सट्रक्शन सुपरीवेक्षणका लागि अन्तर्राष्ट्रियस्तरको परामर्शदाता छनोटलगायत सम्बन्धमा हालसम्म गरेका कार्यबारे जानकारी गराइएको थियो । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबमोजिम राष्ट्रिय गौरवको काठमाडौँ–तराई-मधेश द्रुतमार्ग (फाष्ट ट्र्याक) परियोजना २०७४ साल साउन २७ गते नेपाली सेनालाई हस्तान्तरण गरिएको थियो ।

तोकिएको समयसीमाभित्र पारदर्शी र गुणस्तरीय रुपमा सम्पन्न गर्ने गरी समष्टिगत योजनाअनुसार निर्माण कार्यलाई तदारुकताका साथ कार्य अगाडि बढाइएको आयोजना प्रमुख एवं प्राविधिक सहायक रथी शरदलाल श्रेष्ठले जानकारी दिए । पत्रकारका जिज्ञासालाई स्पष्ट पार्दै उनले उक्त राष्ट्रिय गौरवको परियोजनाको कार्य प्रगति विवरण, भावी योजनालगायत डिजाइन तथा कन्सट्रक्शन सुपरिवेक्षणका लागि अन्तर्राष्ट्रियस्तरको परामर्शदाता छनोटसम्बन्धी विस्तृत विवरणबारे बताए ।

द्रुतमार्ग सडक खण्डको कूल लम्बाइ ७२ दशमलव पाँच किमीमध्ये सुरुङ्गमार्ग छ दशमलव ४१ किमी, विभिन्न पुल १० दशमलव ५९ किमी र ढुङ्गा माटो कटान र भराइ गर्नुपर्ने सडकखण्ड ५५ दशमलव पाँच किमी रहेको छ । आयोजनाको सडक खण्डको ‘सबग्रेडलेभल’सम्म तयार गर्न माटो काट्नेरपुर्ने कार्यहरु ८८ प्रतिशत सम्पन्न भएको सहायक रथी श्रेष्ठले बताए ।

सेनाले द्रुतमार्ग सडक आयोजनाको डिजाइन तथा कन्सट्रक्शन सुपरिवेक्षणका लागि अन्तर्राष्ट्रियस्तरको परामर्शदाता छनोट प्रचलित कानूनअनुसार नियमसङ्गत र पारदर्शी रुपमा गरिएको स्पष्ट पारेको छ । हाल विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाइरसको प्रभाव तथा लकडाउनका कारण आयोजनाको निर्माण कार्यसमेत हाल प्रभावित भए पनि आयोजना तोकिएको समयमा नै सम्पन्न हुने सहायक रथी श्रेष्ठले जानकारी गराए ।

यस आयोजनाको समष्टिगत कार्ययोजना अनुसार आयोजनाको कार्यक्षेत्रलाई ११ वटा विभिन्न क्लसटरमा विभाजन गरी आर्थिक वर्ष २०८०र८१ सम्म कार्य सम्पन्न गर्ने गरी विभिन्न क्षेत्रका काम अघि बढाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस