विश्व पौडेललाई पनि पत्याएन शेयरबजारले ! प्रि–ओपनमा ३२ अंकले हरियो नेप्से अन्तिममा रातो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ १२, सोमबार (३ दिन अघि)
  • ५१ पटक पढिएको
विश्व पौडेललाई पनि पत्याएन शेयरबजारले ! प्रि–ओपनमा ३२ अंकले हरियो नेप्से अन्तिममा रातो

जेठ १२,काठमाडौँ । शेयर बजार लगातार दोस्रो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव २१ अङ्कले घटेर २ हजार ६ सय ७४ दशमलव ७६ विन्दुमा झरेको छ ।

‘प्रि–ओपनिङ’ मा ३२ अङ्कभन्दा धेरैले बढेको नेप्से बन्द हुने बेलामा भने घटेको हो । नवनियुक्त गभर्नर विश्व पौडेल आएपछि  मौद्रिक नीतिको समीक्षाले सबै किसिमका शेयर कर्जाको जोखिमभार १ सय २५ प्रतिशतबाट १०० मा झारे पनि लगानीकर्ता आकर्षित हुन सकेनन् ।

आज बैंक र उत्पादन बाहेक सबै समूहको शेयर घटेकोमा माइक्रोफाइनान्स समूहको शेयर साढे १ प्रतिशतले ओरालो लागेको छ । आज गुराँस लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन ओम मेगाश्री फर्मास्युटिक्ल कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि सामान्य घटेको छ । हिजो ७ अर्ब ६० करोडको कारोबार भएकोमा आज ३ सय ३७ वटा कम्पनीका १ करोड ७१ लाख कित्ता शेयर ७ अर्ब ५८ करोड रुपैयाँमा किनबेच भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस