२० लाख बढी कृषक प्रणालीमा सूचीकृत, चालु वर्ष सबै बालीजन्य उत्पादन बढ्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ १५, बिहिबार (२० घण्टा अघि)
  • ९ पटक पढिएको
२० लाख बढी कृषक प्रणालीमा सूचीकृत, चालु वर्ष सबै बालीजन्य उत्पादन बढ्ने

जेठ १५, काठमाडौं । नेपालमा २० लाख बढी कृषक घरधुरी सूचीकृत भएका छन् । संसदमा प्रश्तुत चालु वर्षको आर्थिक सर्वेक्षण अनुसार फागुनसम्म २० लाख ४९ हजार बढी किसान प्रणालीमा सूचीकृत भएका हुन् ।

किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०८१ कार्यान्वयनमा आएसँगै कृषक घरधुरी सूचीकृत हुन थालेका हुन् । सर्वेक्षण अनुसार हालसम्म ५६ पालिकामा कृषक घरधुरी सूचीकरण कार्य सम्पन्न भएको छ ।

यस्तै यो वर्ष सबै बालीको उत्पादन सामान्यरूपमा बढ्ने अनुमान गरिएको छ । आर्थिक सर्वेक्षणले धान, गहुँ, मकै लगायत खाद्यान्न बालीको उत्पादन २.६७ प्रतिशत तथा नगदेबालीको उत्पादन २.०१ प्रतिशतले बढ्ने अनुमान छ ।

यस्तै, औद्योगिक बालीको उत्पादन ४.४२ प्रतिशत, दलहन बाली ३.२९ प्रतिशत, मसलाबाली ११.६४ प्रतिशत, फलफूल बाली ०.१७ प्रतिशत र तरकारी उत्पादन ६.६८ प्रतिशतले वृद्धि हुने अनुमान सर्वेक्षणले देखाएको छ ।

यस्तै सर्वेक्षणले वैकल्पिक ऊर्जासहित ९९ प्रतिशत जनसंख्यामा विद्युतको पहुँचमा पुगेको देखाएको छ भने कुल जडित विद्युत् क्षमता तीन हजार ६०२ मेगावाट पुगेको छ ।

यस्तै इन्टरनेट ग्राहकको घनत्व १४४.२३ प्रतिशत पुगेको छ भने ७२ प्रतिशत घरधुरीमा डिजिटल टेलिभिजनको पहुँच पुगेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस