जेठ १४, काठमाडौं । सेयर बजार आज बुधबार दोहोरो अकंले बढेको छ भने कारोबार रकममा पनि बढेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)का अनुसार आज शेयर बजार १७.४४ अंक बढेर नेप्से परिसूचक २६९३.०६ बिन्दुमा उक्लेको छ ।
आज ३२३ धितोपत्रका २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता शेयर ७७ हजार ३१६ पटक किनबेच हुँदा ८ अर्ब ५८ करोड ६० लाख ४ हजार ३३४ रुपैँयाको कारोबार भएको छ । हिजो ६ अर्ब ५२ करोड बराबरको कारोबार भएको थियो ।
आज सबैभन्दा बढी बैंकिङ सेक्टर बढेको छ । बैंकिङ सेक्टर सबैभन्दा धेरै १.८८ प्रतिशत बढ्यो भने विकास बैंक १.२९, फाइनान्स ०.१८, होटल तथा पर्यटन ०.८१, हाइड्रोपावर ०.८९, लगानी ०.०३, उत्पादन तथा प्रशोधन ०.६५ प्रतिशतले बढेको छ ।
यस्तै जीवन बीमा ०.२४, माइक्रोफाइनान्स ०.२६, निर्जीवन बीमा ०.२६ तथा अन्य समूह ०.०६ प्रतिशत घटे ।
बढेको बजारमा आज दुई कम्पनीको शेयरका सकारात्क सर्किट लागेको छ । ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढ्यो भने ग्रिन डेभलपमेन्ट बैंकको ९.८५, भूगोल इनर्जीको ९.१५, अरुण काबेली पावरको ५.८९ प्रतिशत मूल्य बढ्यो ।
बाराही हाइड्रोपावरको मूल्य आज सबैभन्दा बढी ५.२६ प्रतिशत मूल्य घट्यो । त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ५.१०, नेपाल माइक्रो इन्स्योरेन्सको ४.०८ तथा दिव्यश्वरी हाइड्रोपावरको ३.९१ प्रतिशत घट्यो ।
आज ङादी ग्रुप पावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको १ अर्ब ५ करोड ७३ लाख ६० हजार रुपियाँ बराबरको शेयर किनबेच भएको छ । यस्तै राधि विद्युत्, युनिभर्सल पावर, बुटवल पावर र कुमारी बैंक क्रमश कारोबारमा अगाडी रहेका छन् ।