२४ घन्टायता भारतमा ९ सय ४१ जना नयाँ सङ्क्रमित थपिए !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख ४, बिहिबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

बैशाख ४,काठमाडौँ । भारतमा कोरोना भाइरसका नयाँ सङ्क्रमितहरु थपिएका बिहीबार जनाइएको छ । गएको २४ घन्टायता यहाँ ९ सय ४१ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

बिहीबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोभिड १९’ का सङ्क्रमितहरुको संख्या १२ हजार ३८० जना पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

भारतमा देखिएका यी सङ्क्रमितहरुमध्ये १ हजार ४ सय ८९ जना भने उपचारपछि निको भएर घर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ १० हजार ४७७ कोरोनाका सङ्क्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् ।

भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टा यता मृत्यु हुनेको संख्या ३७ रहेको पाइएको छ । योसँगै भारतमा कोरोना सङ्क्रमणबाट ज्यान जानेको संख्या ४१४ पुगेको छ ।

पछिल्ला केही दिनमा कोभिड १९ का सङ्क्रमित हरुको संख्या बढ्दै गएको सरकारको भनाइ छ । भारतमा शुरुदेखि नै सबैभन्दा बढी सङ्क्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । बिहीबार पनि यो क्रम जारी नै रहेको सो मन्त्रालयले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस