वुहानमा ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ६९ पुग्यो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख ५, शुक्रबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

बैशाख ५,काठमाडौँ । चीनले कोरोना भाइरस सङ्क्रमणको उद्गमस्थल वुहानमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या सच्याएको छ । चीनले सार्वजनिक गरेको विवरणअनुसार वुहानमा कोरोनाको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या झण्डै ५० प्रतिशतले धेरै रहेको बीबीसीले जनाएको छ ।

वुहानमा ज्यान गुमाएको संख्यामा १२ सय ९० थपिएको छ । योसँगै वुहानमा ज्यान गुमाउनेको संख्या ३ हजार ८ सय ६९ पुगेको छ । तर नयाँ बिरामीको ज्यान गएको नभइ ज्यान गुमाएका पुरानै व्यक्तिहरुको विवरण थपिएकाले आत्तिनु पर्ने अवस्था नरहेको चिनियाँ अधिकारीले बताएका छन् ।

यसअघि चीनलाई कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या लुकाएको आरोप लाग्ने गरेको थियो । चीनमा अहिलेसम्म ८२ हजार ६ सय ९२ सङ्क्रमितमध्ये झण्डै ७८ हजार जना निको भइसकेका छन् भने ४ हजार ६ सय ३२ जनाको ज्यान गएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस