विमान चार्टर गरेर ३४ जना चिकित्सकको टोली सुदूर पश्चिममा पठाइयो

Post Thumbnail

वैशाख ५, काठमाण्डौ । सरकारले सदूर पश्चिम प्रदेशमा कोरोना संक्रमण बढ्न नदिन ३४ जना चिकित्सकको टोली त्यसतर्फ पठाएको छ । सो कुराको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकारसम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
सुदूरपश्चिमको मुख्यमन्त्रीको कार्यालयले खटाएको अस्पतालमा काम गर्ने गरी चिकित्साशास्त्र अध्ययन संस्थान नेम्समा अध्ययनरत चिकित्सकको टोली पठाइएको उनले बताए । हाल एक महिना अवधिका लागि पठाइएको र आवश्यकता अनुसार थप गरिने बताइएको छ ।

सो टोलीलाई यति एयरको विमान चार्टर गरी त्यहाँ पु¥याएको र उनीहरुलाई आवश्यकता अनुसार विभिन्न जिल्लामा खटाइनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस