अफगानिस्तानको पूर्वी प्रान्तमा झडप १८ को मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख १९, शुक्रबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

वैशाख १९, काठमाण्डौ । अफगानिस्तानको पूर्वी प्रान्त लोगारको बराकी बराक जिल्लामा तालिबान लडाकू र सुरक्षाबलबीच भएको झपडमा परी १८ जनाले ज्यान गुमाएका छन् । यस झडपमा ज्यान गुमाएकाहरु ३ सैनिक र १५ तालिबानी लडाकू रहेका प्रान्तीय सरकारले शुक्रबार जारी रहेको एक विज्ञप्तिमा उल्लेख छ । तालिबान लडाकू समूहले सुरक्षा चौकीमा आक्रमण गर्ने क्रममा उक्त झडप भएको बताइएको छ ।

झडपमा क्रममा १५ लडाकूको मृत्यु हुनुको साथै अन्य १० घाइते भएका समाचारमा जनाइएको छ । यस झडपमा ३ सैनिकले ज्यान गुमाए भने, अन्य दुई जना घाइते भएका पनि जारी विज्ञप्तिमा जनाइएको छ । आफ्ना १५ लडाकू मारिएपछि लोगार प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस