कोरोनाबाट अमेरिकापछि बेलायतमा धेरैको मृत्यु, ३० हजारले गुमाए ज्यान !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख २५, बिहिबार (५ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

वैशाख २५, काठमाडौं । ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले अमेरिकापछि बेलायतमा धेरै मानिसको मृत्यु भएको छ । बेलायतमा पछिल्लो २४ घण्टामा थप ६४९ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ३० हजार ७६ पुगेको छ । मृतकको यो संख्या युरोपकै सबैभन्दा धेरै हो ।

यो समाचार तयार पार्दासम्म २ लाख १ हजार १०१ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ६ हजार १११ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या पनि २ लाख नाघेको हो । १ लाख ७० हजार ६८१ जनाको उपचार भइरहेकोमा १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।

ताजा अपडेट

खोजी गर्नुहोस