पाकिस्तानले शनिबारदेखि लकडाउन खुला गर्ने

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख २५, बिहिबार (५ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

बैशाख २५, काठमाडौ । पाकिस्तानले शनिबारदेखि लकडाउन खुला गर्ने निर्णय गरेको छ । मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा भएपनि आर्थिक क्षतिको सामना गर्न नसक्ने भन्दै लकडाउन खोल्ने निर्णय गरेको हो ।
बिहीबार पाकिस्तानका प्रधानमन्त्री इमरान खानले लकडाउनका कारण धेरै गरिब तथा श्रमिकहरु प्रभावित बनेको भन्दै लकडाउन खोल्न लागेको बताएका छन् ।

पाकिस्तानमा ठूलो संख्यामा गरिब तथा मजदुरहरु रहेकाले लकडाउन जारी राख्दा उनीहरुले दैनिक जीवनयापन गर्न नसक्ने प्रधानमन्त्री खानको भनाइ छ ।

उनले मुलुकमा कोरोना भाइरसको महामारी बढ्दो क्रममा रहेकोमा आफूहरु जानकार रहेको बताए । यद्यपि पाकिस्तानमा अपेक्षा गरिएअनुसार कोरोना भाइरसको संक्रमण भने नफैलिएको उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस