आईतबारबाट बैंक तथा वित्तीय संस्था खुल्दै, एकतिहाइ कर्मचारी राखेर कार्यालय खुलाईने !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ बैशाख २७, शनिबार (५ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । लकडाउनको अवधिमा पनि शर्तसहित बैंक तथा वित्तीय संस्था खुलाउने निर्णय भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै केही शर्त पालना गरेर बैंक तथा वित्तीय संस्था खुलाउन निर्देशन जारी गरेको हो । यसको लागि कुल कर्मचारीको एक तिहाई कर्मचारी मात्रै कार्यालय जान पाउने र कुल सवारीको एक चौथाइ सवारीलाई मात्रै पास दिइने राष्ट्र बैंकले जानकारी दिएको छ ।

सेवा दिने क्रममा बैंकका जनशक्तिले पूर्ण रुपमा निसङ्क्रमण गर्नुपर्ने, मास्क, स्यानिटाइजर, पञ्जा लगायत सुरक्षाका उपकरण प्रयोग गर्नुपर्ने र सेवाग्राहीको पनि थर्मल गनमार्फन ज्वरो नाप्ने र अन्य सुरक्षात्मक उपाय अपनाउनुपर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस