भारतमा देखियो अहिलेसम्मकै बढी कोरोना संक्रमित ! मृतकको संख्या कति ?

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख २९, सोमबार (५ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

वैशाख २९, काठमाडौं । भारतमा अहिलेसम्म एकैदिन सबैभन्दा बढी कोरोना संक्रमित भएका छन् । आइतबार एकैदिन भारतमा सबैभन्दा बढी ४ हजार २९६ जना संक्रमित भएका हुन् । महाराष्ट्रमा एकैदिन १९४३ जना संक्रमित थपिएका छन् । यो कुनै पनि प्रदेशमा थपिएको सबैभन्दा उच्च हो ।

भारतमा कोरोना संक्रमितको संख्या ६७ हजार १६१ पुगेको छ । त्यसमा तमिलनाडुमा ६६९ जना संक्रमित भएका छन् । त्यस्तै गुजरातमा ३९८, दिल्लीमा ३८१, मध्यप्रदेशमा १५७ तथा राजस्थानमा १०६ जना थपिएका छन् । मृतकको संख्या पनि २ हजार २१२ पगेको छ । एकैदिन १११ मृतक थपिएका छन् । १९ हजार ३५७ जनालाई उपचार पछि निको भएको छ । केन्द्रीय स्वास्थ्यमन्त्री डा हर्षवर्धनले १० राज्य र केन्द्र शासित प्रदेशमा २४ घण्टामा कुनै संक्रमितको केस नआएको बताएका छन् । त्यस्तै एयर इन्डियाका ५ पाइलटमा कोरोना देखिएको छ । उनीहरु कार्गो फ्लाइट लिएर चीन गएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस