रसियामा २४ घण्टामा ९४ को मृत्यु, ११ हजार ६५६ संक्रमित थपिए !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ बैशाख ३०, मंगलबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

वैशाख ३०, काठमाडौं । रसियामो पछिल्लो समय कोरोना संक्रमणको प्रभाव तिव्र रुपमा फैलिएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ६५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टामा कोरोनाले ९४ जनाको मृत्यु भएको छ । अब रसियामा कोरोनाका कारण ज्यान जानेको संख्या २ हजार ९ पुगेको छ ।

रसियामा कोरोना संक्रमितको संख्या २ लाख २१ हजार ३४४ पुगेको छ । ३९ हजार ८०१ निको भएर घर फर्किएका छन् । १ लाख ७९ हजार ५७३ हाल उपचार गराइरहेको छन् । २ हजार ३०० को स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस