वैशाख २, काठमाडौं । ४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा ८६ हजारभन्दा बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप १ हजार ६७६ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८६ हजार ८७३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ २५ हजार २७० जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १४ लाख ५५ हजार ६१७ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ३ लाख १६ हजार ७२४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १० लाख ५२ हजार २० जनामध्ये १६ हजार २४० जनाको अवस्था गम्भीर रहेको छ ।