भारतमा अहिलेसम्मकै उच्चविन्दूमा पुग्यो कोरोना संक्रमितको संख्या !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ ४, आईतबार (५ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ ४, काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमितहरु दिनानुदिन बढ्दै गएका छन् । अहिलेसम्म २४ घण्टाको अवधिमा सबैभन्दा बढी शनिबार ४ हजार ७ सय ९२ जना संक्रमित थपिएका छन् । गएको आइतबार एकैदिन भारतमा सबैभन्दा बढी ४ हजार २९६ जना संक्रमित भएका थिए । अहिलेसम्म भारतमा संक्रमितको संख्या ९० हजार ६४८ पुगेको छ । अहिलेसम्म ३४ हजार २२४ जनालाई निको भएको छ भने २ हजार ८७१ जनाको ज्यान गएको छ । शनिबार ११८ जना मृतक थपिएका छन् ।

महाराष्ट्र सबैभन्दा बढी पीडित बनेको छ । शनिबार १ हजार ६०६ जना संक्रमित थपिएका छन् । एक साताभर दैनिक महाराष्ट्रमा हजार भन्दा बढी संक्रमित थपिएका छन् । महाराष्ट्रमा ३० हजार ७०६ संक्रमित थपिएका छन् । मृतक शनिबार ६७ जना थपिएर १ हजार १३५ पुगेका छन् ।
शनिबार गुजरातमा १ हजार ५७ जना संक्रमित थपिएका छन् । त्यहाँ १० हजार ९८९ जना संक्रमित हुँदा ६२५ जनाको ज्यान गएको छ ।
त्यस्तै तमिलनाडुमा ४७७ जना संक्रमित थपिएका छन् । त्यहाँ संक्रमित १० हजार ५८५ पुगेका छन् । दिल्लीमा ४३८ जना थपिएर संक्रमित ९ हजार ३३३ जना पुगेका छन् । मध्यप्रदेशमा १९५ जना थपिएर ४ हजार ७९० पुगेको छ । राजस्थानमा २१३ जना थपिएर ४ हजार ९६० पुगेका छन् ।
भारतमा पछिल्लो समय तीव्र रुपमा संक्रमितहरु बढ्दै जाँदा विश्वभरमै ११ औं स्थानमा आइपुगेको छ । सुरुआती दुई महिनामा खासै कोरोनाको प्रभाव नपरेको भारतमा अप्रिलदेखि भने तीव्र रुपमा संक्रमित र मृतक थपिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस