जेठ ४, काठमाण्डौ । भारत सरकारले चौथो चरणमा लकडाउनको अवधि थप्दै जेठ १८ अर्थात मे ३१ सम्म लम्ब्याएको छ । लकडाउनसम्बन्धी निर्देशिका केही बेरमा सार्वजनिक गरिने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने घोषणा यसअघि गरिसकेका छन् ।
भारतमा गत चैत १२ गतेदेखि निरन्तर लकडाउन चलिरहेको छ । भारतमा हालसम्म संक्रमितको संख्या ९१ हजारभन्दा बढी पुगिसकेको छ भने २ हजार ८ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । नेपालमा पनि लकडाउनको अवधि आइतबारको मन्त्रिपरिषद्ले थप्ने भएको छ ।