असार ७, काठमाण्डौ । गएको २४ घण्टामा भारतमा कोरोना भाइरसका झण्डै १६ हजार नयाँ संक्रमित थपिएका छन् । वल्र्डओमिटरका अनुसार गएको २४ घण्टामा भारतमा १५ हजार नौ सय १५ जनामा संक्रण पुष्टि भएको हो । यो संख्या भारतमा एकै दिन देखिएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । संक्रमणको कारण शनिबार भारतमा तीन सय सात जनाले ज्यान गुमाएका छन् । भारतमा अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ हजार दुई सय ७७ पुगेको छ । भारत संक्रमितको संख्या चार लाख ११ हजार सात सय २७ पुगेको छ । यो आइतबार बिहान ६ बजेसम्मको तथ्यांक हो ।
भारतमा तीन साताअघि लकडाउन खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढ्न थालेको छ । भारतमा शुक्रबार १४ हजार सात सय ७२ जनामा संक्रण पुष्टि भएको थियो भने तीन सय ६६ जनाले ज्यान गुमाएका थिए ।