असार १०, काठमाण्डौ । नेपाल राष्ट्र बैंकले धितोपत्र बोर्डको एउटा माग पुरा गरेको छ । बोर्डले शेयर कारोबारको लागि भुक्तानी गर्दा रकम ट्रान्सफर गर्ने सीमा हटाईदिन आग्रह गरेकोमा राष्ट्र बैंकले अर्को ब्यबस्था नहुँदासम्मको लागि सो सीमा हटाईदिएको हो । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशिका संशोधन गर्दै यस्तो ब्यबस्था गरेको हो ।
राष्ट्र बैंकले कारोबारको सीमा तोकेपनि विभिन्न ५ अवस्थामा सीमा लागु नहुने ब्यबस्था गरेको हो । जसमा धितोपत्र दलालसँगको कारोबार पनि उल्लेख छ । ब्रोकरहरु र लगानीकर्ताले अब मोबाइल बैंकिंग तर्फ प्रति पटक १ लाख र इन्टरनेट कारोबार तर्फ प्रति पटक १० लाख सम्म रकम ट्रान्सफर गर्न सक्ने भएका हुन् । यसै संग अब अनलाइन मार्फत जति पनि कारोबार गर्न सकिने भएको हो ।
हाल राष्ट्र बैंकले मोबाइल बैंकिंग मार्फत करोबारको लागि प्रति दिन १ लाख र प्रति महिना १० लाख सीमा तोकेको छ । त्यस्तै मर्चेन्ट पेमेन्टतर्फको इन्टरनेट बैंकिंगको हकमा प्रति दिन १० लाख र प्रति महिना ३० लाखको सीमा छ । एकाउन्ट ट्रान्सफरतर्फको इन्टरनेट बैंकिंगको हकमा भने प्रति दिन १० लाख र प्रति महिना ५० लाखको सीमा छ । विभिन्न ५ अवस्थामा भने यो लागु नहुने राष्ट्र बैंकले जनाएको छ ।