असार १०, काठमाण्डौ । आज बुधबार सुनको मुल्य ५ सयले बृद्धी भएको छ । मगंलबार छापावाला सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको थियो भने आज बुधबार बढेर ९१ हजार १ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै , तेजाबी सुनको मूल्य ९० हजार ६ सय ६५ रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । भने चाँदी मंगलबारको तुलनामा ५ रुपिँयाले बढेर प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।