धादिङ थाक्रे गाँउपालिकाले ८१ करोड ४४ लाख ५२ हजार रूपैयाको बजेट ल्यायो ! (बक्तब्यसहित)

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ १०, बुधबार (४ साल अघि)
  • ४१ पटक पढिएको
Post Thumbnail

असार १०, थाक्रे । धादिङको थाक्रे गाँउपालिकाले आर्थिक बर्ष २०७७,७८ को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले रु ८१ करोड ४४ लाख ५२ हजार रूपैयाँको बजेट सार्बजानिक गरेको हो । आज प्रस्तुत बजेटमा गाउँपालिका र ११ वटा वडा कार्यालयहरुको संचालनको लागि चालु खर्च तर्फ रु ७ करोड ६० लाख बिनियोजन गरेको छ भने पुँजीगत तर्फ रु ५४ करोड १२ लाख ६ हजार र शसर्त तर्फ रु २७ करोड ३२ लाख ४६ हजार गरी जम्मा रु ८१ करोड ४४ लाख ५२ हजार विनियोजन गरेको हो ।

क्षेत्रगत रुपमा आर्थिक विकास तर्फ रु ७ करोड ५३ लाख ३० हजार, सामाजिक विकास तर्फ रु १३ करोड ६७ लाख २० हजार, पूर्वाधार विकास तर्फ २७ करोड ७ लाख ५० हजार बिनियोजन गरेको छ भने वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु १ करोड ७९ लाख ६ हजार र संस्थागत विकास सेवा प्रवाह र शुसासन तर्फ रु २ करोड ३५ लाख गरी जम्मा ५२ करोड ४२ लाख ६ हजार बजेट विनियोजन गरेको छ ।
स्थानीय तहको निर्वाचन भएर सरकार गठन पश्चात सेवा प्रवाहमा प्रभावकारितामा बृद्धि भएको बताईएको छ । जनप्रतिनिधि र कर्मचारीहरुको सामुहिक प्रयासले आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वातावरण विपद् व्यवस्थापन एवं सुशासन प्रवद्र्धन र क्षमता विकासतर्फ महत्वपूर्ण कार्यक्रमको शुरुवात गरिएको थाक्रे गाउँपालिकाले जनाएको छ ।
चालुआ.व. का लागि विनियोजन भई सञ्चालनमा रहेका योजना बाट हाल सम्म भौतिक प्रगति तर्फ ३१.३ कि.मि. सडक स्तरोन्नती भएको, १३.९ कि.मि. ग्राभेलिङ भएको, नँया ट्रयाक निर्माण तर्फ ९.३ कि.मि. निर्माण सम्ंपन्न भएको छ । यसै गरी खानेपानी आयोजना तर्फ २७ किलोमिटर पाइपलाइन सहित ३३ वटा र १५ वटा सामुदायिक भवन योजनाहरु सम्पन्न भएका छन ्।
चालु खर्च तर्फ ५ करोड ४६ लाख ५८ हजार ४ सय २० रुपैया ३६ पैसा (४४.८८%), सामाजिक सुरक्षा खर्च ९ करोड ६ लाख ७० हजार २ सय (१००%), संघीय हस्तान्तरित कार्यक्रम तर्फ १२ करोड ४० लाख १० हजार ६ सय ३२ रुपैया २० पैसा (७५.२५%), प्रदेश सरकारको शसर्त खर्च ९ लाख ६० हजार (५७%), पुजिगत तर्फ ११ करोड ८७ लाख २० हजार ४ सय ८१ रुपैया (२५.६५%) खर्च भएको छ । हाल योजना तथा कार्यक्रमहरु सञ्चालनमा रहेकोले सम्पूर्ण नतिजा चालु आ.व.को अन्त्यमा यथार्थ विवरण प्राप्त हुनेछ ।

बजेट-बक्तव्य

ताजा अपडेट

खोजी गर्नुहोस