सुक्खा बन्दरगाहमा अझै क्षमताभन्दा दोब्बर कन्टेनर थन्किए

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ १४, आईतबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

असार १४, काठमाडौँ ।  बन्दाबन्दी खुकुलो गरिएसँगै सिर्सियास्थित सुक्खा बन्दरगाहबाट सामान नछुट्दा बन्दरगाहमा चाप बढेको छ । एक हजार ५४२ कन्टेनर राख्ने क्षमता रहेको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा अझै क्षमताभन्दा दोब्बर कन्टेनर थन्किएका छन् । बन्दाबन्दीको समयमा कन्टेनर क्षमताभन्दा करिब चार गुणा बढी पुगेकोमा बन्दाबन्दी खुकुलो भएपछि आधा घटेका हुन् तर गन्तव्यसम्म पुग्न नपाई थन्किएका कन्टेनर अहिले पनि क्षमताभन्दा दोब्बर रहेका छन् ।

सुक्खा बन्दरगाह सञ्चालक कम्पनी हिमालय टर्मिनल प्रालिका व्यवस्थापक सदस्य अनिमेष कुमारका अनुसार एक हजार ५४२ टीयूई कन्टेनर राख्न सक्ने क्षमता रहेको बन्दरगाहमा तीन हजार ४३३ कन्टेनर थन्किएका छन् ।

उहाँले दैनिक दुई ¥याक अर्थात् करिब १८० कन्टेनर आइरहेका तर बन्दरगाहबाट जानुपर्ने सङ्ख्यामा कन्टेनर नगएकाले भन्सार क्षेत्रमा थन्किएको बताउनुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस