आईएमएस ग्रुपद्वारा नेपाली इ–कमर्स प्लेटफर्म, स्मार्ट डोकोमा लगानी

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ १९, शुक्रबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार १९, काठमाण्डौ । आईएमएस ग्रुपद्वारा २०७७ सालअसार १५ गते स्मार्टडोकको पर्याप्त हिस्सेदारीहासिल गर्न निश्चित सम्झौता गरेको छ । स्मार्टडोको नेपालको एक मध्यसबैभन्दा ठूलो ई–कमर्सप्लेटफर्म हो । कम्पनीले विगतचार बर्ष देखि अधिकृत कम्पनीहरूबाट केवलजेनुवन सामानहरू अर्डर गर्न र केही घण्टामैग्राहकको ढोकामा पु¥याउन सहज सुविधा प्रदान गर्दै

नेपालीबजारमा काम गरिरहेको छ । यस कम्पनीको सुविधाहरुः जस्तै रिंगरोड भित्रनिःशुल्क डेलिभरी, रिवार्ड पोइन्ट सिस्टम, स्मार्टडोको एक्सक्लूसिभ उत्पादनहरू, सजिलो रिटर्न पोलिसी, छुट कुपन, बहु भुक्तानी विकल्प, आदि हुन जसका कारण स्मार्टडोको सबैभन्दामनपर्ने अनलाइन साइटहरूमध्ये एक मनिन्छ ।

“नयाँयुग डिजिटल हुँदै गइरहेको साथसाथै स्मार्टफोन र अनलाइन क्षेत्रमा तिब्र गतिले विश्वव्यापी ई–कमर्समा ठूलो वृद्धि देखिएको छ त्यसैले आईएमएस ग्रुपले स्मार्ट डोकोमा थप रुपमा लगानीगर्ने निर्णय गरेको छ । सम्पूर्ण विश्वमहामारीको चपेटामा परिरहेको बेला ग्राहकहरु आक्रामक रूपमा अनलाइन शपिंगको प्रयोग गरिरहेको अवस्थामा हामीले निकट भविष्यमा ई–कमर्सको व्यवसाय फस्टाउदै गई रहेका देख्छौं । तसर्थ, कम्पनीले हालको आवश्यकताहरू सम्बोधन गर्न र डिजिटल वल्र्डको साथजारी राख्न एक क्लिक समाधान प्रदान गर्नका लागि स्मार्ट डोकोमा लगानीगर्ने निर्णय गरेको छ ।”दिकेश मलहोत्रा (आईएमएस ग्रुप अध्यक्ष तथा प्रमुखकार्यकारी अधिकृत उनले थपे “हाम्रो प्राथमिक उद्देश्य, स्मार्टडोकोको ग्राहक अनुभवमा उल्लेखनीय बृद्धि गर्नु हो ।

ताजा अपडेट

खोजी गर्नुहोस