शेयर बजार बढ्यो, आज कसले गुमाए, कसले कमाए ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ २३, मंगलबार (४ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

असार २३,काठमाडौँ । शेयर बजार परिसूचक नेप्से सोमबार झण्डै ३८ अङ्कले बढेको छ । नेप्से आज ३७ दशमलव ९३ अङ्कले बढेर १३ सय ३६ दशमलव ६६ बिन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर उकालो लागेको छ । निर्जीवन बीमा कम्पनीको शेयर तीन सय ६५ अङ्कले, जीवन बीमा कम्पनीको शेयर एक सय ९८ अङ्कले बढेको छ । लकडाउनको कारण होटल बन्द रहे पनि शेयर भने एक सय २७ अङ्कले बढेको छ । आज एक सय ७८ कम्पनीका एक अर्ब २१ करोड २४ लाख रुपैयाँ बराबरका २८ लाख ८४ हजार कित्ता शेयर किनबेच भए ।

आज प्रेसिडेन्सुअल इन्स्योरेन्स, मञ्जुश्री फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, नेपाल सेवा लघुवित्त र ओरियन्टल होटलका शेयरधनीले १० प्रतिशतका दरले कमाएका छन् भने १८ वटा कम्पनीका शेयरधनीले ९ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

समग्र शेयर बजार बढेको दिन आज रिलायन्स फाइनान्स, घलेम्दी हाइड्रो, ग्लोबल आईएमई लघुवित्त संस्था र खानीखोला हाइड्रोका लगानीकर्ताले तीन प्रतिशतभन्दा धेरै गुमाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस