साउन २, काठमाडौं । अजोेड इन्सुरेन्सको आइपीओ बाँडफाँट भएको छ । यो आइपीओ २ लाख ७३ हजार जनाले १० कित्ताका दरले हात पारेका छन् । २ लाख ११ हजार ४९८ जनाको भने हात खाली भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा शुक्रबार दिउँसो गोलाप्रथाका माध्यमबाट आइपीओ बाँडफाँट गरिएको हो ।
यसमा कुल १ अर्ब ८१ करोड ६३ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । ५ लाख २ हजार २९८ जनाले १ करोड ८१ लाख ६३ हजार ९९० कित्ताका लागि आवेदन दिएका हुन् । जसमा भेरीफाई गर्दा ४ लाख ८४ हजार ४९८ जना योग्य आवेदकको संख्या रहेको बिक्री प्रबन्धकले जनाएको छ ।
अजोडले असार २५ गतेबाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । जसमध्ये ४५ अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५५ अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई दिइएको छ । बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरिएको हो ।
अजोडको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको थियो । हाल अजोडको अधिकृत पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओ बाँडफाँटपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।