‘नेकपाभित्रको राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु दुःखद् हो’ : डा शेखर कोइराला

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ श्रावण ५, सोमबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन ५, काठमाडौँ । नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागी अत्यन्तै दुःखद भएको बताएका छन् । अहिले सत्तारुढ दल नेकपा भित्रको आन्तरिक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय भएको आरोप लागिरहेका बेला काँग्रेस नेता कोइरालाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै कोइरालाले राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ भन्दै राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन, साझा, सम्मानित र सर्वोच्च निकाय भएको बताएका छन् ।

ुराष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन। साझा,सम्मानित र सर्वोच्च निकाय हो । राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ।पछिल्ला दिनमा नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागी अत्यन्तै दुःखद हो ।ु

ताजा अपडेट

खोजी गर्नुहोस