पछिल्लो २४ घण्टामा दुई लाख ३८ हजार ३४७ जना संक्रमित थपिए

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ श्रावण ७, बुधबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

साउन ७, काठमाडौं । विश्वमा एकैदिन झण्डै साढे दुई लाख कोरोना भाइरस संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा विश्वमा दुई लाख ३८ हजार ३४७ जना संक्रमित थपिएका वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । अघिल्लो दिनको तुलनामा ६ साउनमा ३२ हजार भन्दा बढी संक्रमित थपिएका हुन्। ५ साउनमा दुई लाख पाँच हजार ६२४ जना संक्रमित थपिएका थिए ।

विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड ५० लाख ८४ हजार १९७ पुगेको छ भने ९१ लाख तीन हजार ८६८ जना संक्रमणमुक्त भएका छन् । विश्वमा ५३ लाख ६१ हजार ८५२ सक्रिय संक्रमित रहेकोमा ६३ हजार ८०० जनाको स्वास्थ्य चिन्ताजनक छ । कोभिड–१९ का कारण विश्वमा अहिलेसम्म ६ लाख १८ हजार ४७७ जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस