साउन ७, काठमाडौं । भारतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित निको भएको छ । मंगलबार २७ हजार मानिसलाई निको भएको छ । एकैदिन ३९ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । मृतक ६७१ भएका छन् ।
मंगलबार ३९ हजार १७२ जना संक्रमित थपिएका छन् । योसंगै कूल संक्रमित ११ लाख ९४ हजार ८५ पुगेका छन् । लगातार चौथो दिन ३५ हजार भन्दा बढी संक्रमित थपिएका छन् । एकैदिन २७ हजार ५८९ जनालाई निको भएको छ । यो सबैभन्दा बढी हो । यसअघि सोमबार त्यतिन्जेलको सबैभन्दा बढी २४ हजार ३०३ जनालाई निको भएको थियो ।
आइतबार २२ हजार ७४२ जनालाई निको भएको थियो । शनिबार एकैदिन त्यतिन्जेलसम्मको सबैभन्दा बढी २३ हजार ५५२ जनालाई निको भएको थियो । अहिलेसम्म ७ लाख ५२ हजार ३९३ जनालाई निको भएको छ । अहिलेसम्म २८ हजार ७७० जनाको ज्यान गएको छ । सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा एकै दिन ८ हजार ३३६ जना संक्रमित थपिएर ३ लाख २७ हजार ३१ जना पुगेका छन् । मृतक २४६ थपिएर १२ हजार २७६ पुगेका छन् ।