अन्योलमा कांग्रेस महाधिवेशन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ श्रावण ९, शुक्रबार (४ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

साउन ९, काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्योलमा परेको छ । विधानअनुसार गत फागुनमै हुनुपर्ने महाधिवशेन विशेष कारण देखाई आगामी फागुनसम्मका लागि थपिएको छ ।

तर पार्टीभित्रको आन्तरिक विवादका कारण आन्तरिक संरचनामा समायोजनको कामले अझै पूर्णता पाउन सकेको छैन । कोरोना संक्रमणको जोखिम, संघीय संरचनाअनुसारको समायोजन, सदस्यता नवीकरणको काममा पार्टीका शीर्ष नेताहरुबीच धेरै कुरा मिल्न सकेको छैन् ।

संघीयताअनुसारका पार्टी संरचना समायोजनका काम पनि कांग्रेसले अगाडि बढाउन सकेको छैन । १३औँ महाधिवेशनदेखि जारी रहेको सदस्यता नवीकरणको विवाद कायमै छ । संगठन समायोजनको समय यही साउन १० गतेसम्मका लागि तोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस