गगन थापा भन्छन्-‘कांग्रेसलाई पहिलो पार्टी नबनाए राजीनामा दिने सर्तमा सभापति चुनौं’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ श्रावण १०, शनिबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन १०, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसलाई पहिलो पार्टी बनाउने हो भने निर्वाचनमा असफल भएमा सभापतिले पद छोड्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

‘आफूले भोट हाल्ने सभापतिलाई यति लेखाउन सक्यो भने हामी सफल हुन्छौ,’ थापले भने, ‘हाम्रो परीक्षण हुने पनि आम निर्वाचनमा हो । यदि उसको नेतृत्व असफल हुन्छ भने आधा समयमा छोड्ने कुरा हामीले सभापतिलाई गराउनु पर्छ ।’ अहिलेको संरचनामा धेरै कुराको अपेक्षा गर्न नसकिने भन्दै थापाले आगामी दिनमा नयाँ रुपमा जान नयाँ सोच निकाल्नुपर्ने बताए । अहिले यस्तो संरचना छ यसबाट अरु कुराको अनुमान गर्न मिल्दैन भन्दै थापाले अब युवाहरुले सभापतिलाई यो सर्तमा लैजानुपर्ने बताए ।

२०६० सालमा कांग्रेस सबैको भरोसाको केन्द्र भएको थापाले बताए । विचार र नेतृत्व ठीक भए भरोसाको केन्द्र हुन्छ भन्ने त्यो बेलामा कांग्रेसले देखाएको उनको भनाई छ ।

ताजा अपडेट

खोजी गर्नुहोस