भारतमा कोरोना संक्रमितले दैनिक नयाँ रेकर्ड राख्दै,एकै दिन ५० हजार भन्दा बढी थपिए

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ श्रावण १२, सोमबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

साउन १२, काठमाण्डौ । भारतमा एकै दिन ५० हजार भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा भारतमा ५० हजार ५२५ जनामा कोरोना पुष्टि भएको हो । योसहित भारतमा कुल संक्रमितको संख्या १४ लाख ३६ हजार पुगेको छ । यस्तै भारतमा ७ सय १६ जनाको मृत्यु भएको छ । मृतकको कुल संख्या ३२ हजार ८१२ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ५५ हजार ५ सय, ब्राजिलमा २३ हजार ४ सय, दक्षिण अफ्रिकामा ११ हजार, रसियामा ५ हजार ७ सय तथा मेक्सिकोमा ६ हजार ७ जनामा संक्रमण पुष्टि भएको छ ।

समाचार एजेन्सीहरुका अनुसार विश्वभर पछिल्लो २४ घण्टामा संक्रमित हुनेको संख्या २ लाख १४ हजार भन्दा माथि छ । यस्तै अमेरिकामा ४ सय ४५, ब्राजिलमा ५ सय ५६, मेक्सिकोमा ७ सय २९ एवम् दक्षिण अफ्रिकामा १ सय १४ जनाको मृत्यु भएको छ । यस्तै विश्वभर कोरोना संक्रमणपछि उपचार गराएर घर फर्किनेको संख्या १ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वभर १ लाख २९ हजार मानिस डिस्चार्ज भएसँगै कोरोनामुक्त हुनेको कुल संख्या १ करोड पुगेको हो । विश्वभर कुल संक्रमितको संख्या १ करोड ६४ लाखमध्ये ६ लाख ५१ हजार जनाको मृत्यु भइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस