साउन १८, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको मृत्यु भएको छ । उनको आइतवार उपचारको क्रममा लखनऊको पीजीआई अस्पतालमा मृत्यु भएको हो । गत जुलाइ १८ मा उनलाई संक्रमण पुष्टि भएको थियो ।
संक्रमण भएपछि उनलाई उपचारको लागि लखनऊको पीजीआई अस्पतालमा भर्ना गरिएको थियो । कमला रानी उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री रहेकी थिइन् ।