साउन १८, काठमाडौँ । बलिवुडका महानायक अमिताभ बच्चन कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । छोरा अभिषेक बच्चनले सामाजिक मिडियामा आफ्ना पिताको परिक्षण निगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका छन् । कोरोना संक्रमण भएका ७७ बर्षिय अमिताभ बच्चन गत असार २७ गते मुम्बई स्थित ननावती अस्पतालमा भर्ना भएका थिए । अमिताभ बच्चनले कोरोना जितेर डिस्चार्ज भएपनि अभिषेक बच्चनलाई भने अझै ठिक नभएको अभिषेक आफैले जानकारी दिएका छन् । अभिषेकले आफु अझै कोरोनाको उपचार गराइरहेको र अस्पतालमै रहने जानकारी दिएका छन् ।