भारतमा विषाक्त मदिरा सेवनबाट ९८ जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ श्रावण १९, सोमबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन १९, काठमाण्डौ । भारतको पन्जाबमा विषाक्त मदिरा सेवानबाट अहिलेसम्म ९८ जनाको मृत्यु भइसकेको छ । विषाक्त मदिरा पिउँदा मृत्यु भएको यो घटना पन्जाबको सवैभन्दा ठूलो त्रासदीपूर्ण हो । पन्जाबका तीन जिल्ला अमृतसर, गुरुदासपुर र तरन तारनमा यो त्रासदीपूर्ण घटना भएको हो । घटनापछि पन्जाब सरकारले ‘एक्साइज र ट्याक्सेसन’ विभागका सात कर्मचारीलाई निलम्बन गरेको छ ।

यस्तै पन्जाब प्रहरीका सात सुरक्षाकर्मी पनि ड्युटीमा लापरबाही गरेको अभियोगमा निलम्बनमा परेका छन् । प्रहरीले अहिलेसम्म २५ जनालाई पक्राउ गरेको छ भने ठूलो मात्रामा अवैध मदिरा बरामद गरेको छ । पन्जाबका मुख्यमन्त्री क्याप्टन अमरिन्दर सिंहले पीडित परिवारहरुलाई दुई(दुई लाख आर्थिक सहयोगको घोषणा गरेका छन् । उनले दोषीमाथि कडा कारबाही गरिने पनि आश्वासन दिएका छन् । प्रदेशका विपक्षी पार्टीहरुले त्रासदीपूर्ण घटनाका लागि सरकार जिम्मेवार रहेको बताइरहेका छन् । शिरोमणि अकाली दलका प्रमुख सुखवीर सिंह बादलले अमृतसरको मुछल गाउँमा पीडितहरुसँगको भेटपछि पत्रकार सम्मेलन गरेका छन् । मुछल गाउँमा मात्रै विषाक्त मदिरा सेवनबाट १० को मृत्यु भएको छ ।

पत्रकार सम्मेलनमा नेता बादलले घटनाको छानबिन गरिनुपर्ने माग गरे । उनले अवैध मदिराका कारण राजस्वमा पाँच हजार ६ सय करोड रुपैयाँ नोक्सान भएको बताए । बीबीसी

ताजा अपडेट

खोजी गर्नुहोस