भारतमा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो !

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ श्रावण २४, शनिबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

साउन २४, काठमाण्डौ । छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमितको संख्या २० लाख नाघेको छ। भारतमा संक्रमण रफ्तारमा बढिरहेको छ । वल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कोरोनबाट संक्रमित हुनेको संख्या २० लाख ८६ हजार ८६४ पुगेको छ। हिजो मात्र भारतमा ६१ हजार ४५५ जना संक्रमित थपिएका छन् । त्यसको अघिल्लो दिन भारतमा ६२ हजार १७० जना संक्रमित थपिएका थिए । भारतमा अहिलेसम्म कोभिड–१९ का कारण ४२ हजार ५७८ जनाको मृत्यु भएको छ भने १४ लाख २७ हजार ६६९ जना संक्रमणमुक्त भएका छन् ।

६ लाख १६ हजार ६१७ सक्रिय संक्रमित रहेको भारतमा ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक छ । हिजो मात्र भारतमा कोभिड–१९ बाट ९४० जनाको मृत्यु भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस